Logo

सुनसरी–३ मा गच्छदारलाई पछि पार्दै चौधरीको ५५ सयको अग्रता



काठमाडौं, १३ मंसिर । निर्वाचन भएको साता दिन बितिसक्दा पनि सुनसरी क्षेत्र नं. ३ मा मतगणनाको अन्तिम परिणाम आउन सकेको छैन् ।

जारी मतगणनाको परिणाम अनुसार सो क्षेत्रमा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छिन् ।

उनले ३६ हजार १३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन् ।

कुल ९२ हजार मत खसेकोमा हालसम्म ८१ हजार मतगणना सकिएको छ। सो क्षेत्रको आज सम्ममा मतगणना सकिने र अन्तिम परिणाम आउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot