Logo

कृषि विश्वविद्यालयमा चार विद्यार्थी संगठनको ताला



काठमाडौं, १३ मंसिर । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा चार विद्यार्थी संगठनहरुले ताला लगाएका छन् ।

विश्वविद्यालयमा अवैधानिक तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागेको भन्दै अनेरास्ववियु,नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्वविु छैटौंले ताला लगाएका हुन् ।

विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतमा विद्यार्थीहरुले ताला लगाएका हुन् । कलेजले प्रवेश परीक्षाको अनलाइन आवेदन भर्ने सम्बन्धि सूचना आपत्तिजनक, त्रुटीपूर्ण, विद्यार्थीलाई मार परेको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot