Logo

म चुनाव हार्दा इलामका केही नेता फोन गरेर रुनुभयो, उहाँहरु पीडामा हुनुहुन्छ : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले निर्वाचन हारेको भन्दै इलामका कतिपय व्यक्तिहरु रोएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले भने,‘यसले इलामका धेरै नेता तथा कार्यकर्ताहरुलाई पीडा भएको छ, उहाँहरुले मलाई अहिलेपनि फोन गरिरहनुभएको छ, कतिपय साथीहरु रुनुभएको छ, मसँग । अरु साथीभाईहरुले पनि पीडा व्यक्त गर्नुभएको छ, जनताले पनि पीडा व्यक्त गरेका छन् ।’

आफूले हारेपछि अब इलाम विकासको दृष्टिकोणले पछि पर्ने भयो भनेर जनतामा पीडा रहेको उनको टिप्पणी थियो । उनले अहिले कसैको पनि बुहमत नआएकोले घमण्ड गर्ने दिन गएको सुनाए । उनले अब सबै दलले सहकार्य गरेर जानुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot