Logo

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ



बाजुरा, मंसिर १४ । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्। गत बिहीबार दुई जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो।

त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन। अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ। मृतकका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन्। मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका अयडीको उपचारका लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot