
काठमाडौं, १४ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलमध्ये ९ दलले २ लाख मत कटाएका छन् ।
जसमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा (एकीकृत समाजवादी)लगायतले २ लाख बढी मत ल्याएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने समानुपातिक तर्फ २ लाख मत पुर्याउन सकेको छैन् । नेमकिपासहित धेरै पार्टीहरुले १ लाख मत पुर्याउन सकेका छैनन् ।
१ लाख मत नल्याउने दलको नाम हेरौं
नेपाल मजदुर किसान पार्टी–७३ हजार ६१८
हाम्रो नेपाली पार्टी– ५३ हजार ९२४
मंगोल नेशनल अर्गनाइजेशन –४७ हजार ८१०
राष्ट्रिय जनमोर्चा–४५ हजार ७२८
नेपाल संघीय समाजवादी पार्टी–३९ हजार ७९७
नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)–२९ हजार ६५५
राष्ट्रिय जनमुक्ति पार्टी –२३ हजार ३५५
जनता प्रगतीशिल पार्टी नेपालले १७ हजार ७७५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–१७ हजार ४४९
नेपाली कांग्रेस (बी.पी) –११ हजार ८८३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल –११ हजार ६३०
नेपालका लागि नेपाली पार्टीले ८ हजार ७२
आमुल परिवर्तन मसिहा पार्टी नेपाल–६ हजार ३०७
विवेकशील साझा पार्टी–३ हजार ९०७
जनसमाजवादी पार्टी नेपाल–२ हजार ३७
राष्ट्रिय जनमुक्ति पार्टी –१८ सय ३३