Logo

नवनिर्वाचित सांसद प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारसँग लिए सुझाव



काठमाडौं, १४ मंसिर । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्ना प्रतिस्पर्धीसँग सल्लाह, सुझाव लिएका छन् ।

आफ्नो क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न प्रतिनिधिसभा सदस्यका उमेदवारसँग गरिएको छलफल कार्यक्रममा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश के.सी., मधुसुदन पाठक, विनिता अर्यालको उपस्थिती थियो ।

छलफलमा साझा प्रयासले मात्रै हाम्रा सबै एजेन्डाहरू कार्यान्वयन गर्न सम्भव हुने नवनिर्वाचित सांसद पौडेलले बताए । कार्यक्रममा बोल्दै पौडेलले उम्मेदवारहरुले गरेका प्रतिवद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएरसँग सँगै अगाडि बढ्ने उद्देश्य पनि स्पष्ट पारे ।
उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको “गुनासो एप“ लाई सञ्चालनमा ल्याउने बताए ।

 



प्रतिक्रिया दिनुहोस्