Logo

बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न आयोगको निर्देशन



काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले मतगणना स्थगित भएका बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्देशन दिएको छ ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना कार्य अगाडी बढेको थिएन ।

स्याङजा– २ मा कांग्रेसबाट धनराज गुरुङ र एमालेबाट पद्या अर्याल उम्मेदवार छन्।

त्यस्तै बाजुरामा पनि बुथ कब्जा गरेको एमालेको आरोप छ। बाजुरामा निर्वाचनको क्रममा २ जनाको ज्यानसमेत गएको थियो।



प्रतिक्रिया दिनुहोस्