Logo

समानुपातिकमा १ करोड ७५ हजार मतगणना हुँदा कुन दलले कति पाए



काठमाडौं, १४ मंसिर । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

समानुपातिक तर्फ नेकपा (एमाले)ले धेरै मत पाएको छ । अहिलेसम्म १ करोड ७५ हजार मत गन्दा एमालेले २७ लाख ३ हजार ९५७ पाएर पहिलो स्थानमा छ ।

प्रत्यक्षमा धेरै सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा २५ लाख ६४ हजार २८७ मत प्राप्त गरेको छ । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४६ हजार ७३३ मत ल्याएर तेस्रो स्थान छ ।

माओवादीलाई पछ्याउदै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार २२९ मत पाएको छ । राप्रपाले ५ लाख ७१ हजार ९१२ मत पाउँदा जनता समाजवादी पार्टी नेपालले ४ लाख २ हजार ७७१ मत ल्याएको छ ।

जनमत पार्टीले ३ लाख ६७ हजार ९५७ मत ल्याउदा एकिकृत समाजवादीले २ लाख ८६ हजार १२० मत ल्याएको छ ।

 



प्रतिक्रिया दिनुहोस्