Logo

प्रधानमन्त्री देउवा भेट्न महन्थ बालुवाटारमा



काठमाडौं, १४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । महोत्तरीबाट निर्वाचन जितेर आएपछि ठाकुरले पहिलोपटक आज प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

उनीहरुबीच सरकार गठनबारे छलफल भएको बताईएको छ । सो छलफलमा नागरिकता विद्येयकको विषयमा पनि कुराकानी राख्ने ठाकुरको तयारी छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।

ठाकुरले महोत्तरी ३, शरदसिंह भण्डारीले महोत्तरी २, रामप्रकाश चौधरीले सर्लाही १ र सर्वेन्द्रनाथ शुक्लाले रुपन्देही ४ बाट चुनाव जितेका हुन् । समानुपातिकतर्फ लोसपाले १ लाख ४९ हजार ८ सय १ मत ल्याएको छ। यो पार्टी राष्ट्रिय पार्टी नबन्ने निश्चित् भएको छ । लोसपा सत्ता गठबन्धनसँगको सहकार्यमा निर्वाचनमा होमिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot