काठमाडौं, १५ मंसिर । बैतडीकी युवतीको हत्याको थप अनुसन्धानको लागि प्रहरीको टोली खटिएको छ । पञ्चेश्वर गाउँपालिका–४ का सैलोडीकी २१ वर्षीया माया लुहारको घाँटी रेटेको अवस्थामा शव भेटिएको थियो ।
बुधबार साँझ उनको शव मालुहारमा फेला परेको थियो । हत्याको अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको छ ।
माया मंगलबार किशोरी नेहा लुहारसँगै कुलाउ बजारमा गएकी थिइन् । नेहा पनि घाँटी रेटिएको अवस्थामा भेटिएकी र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
मायाको हत्यामा सशस्त्र प्रहरी एक युवकको हात रहेकोले प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आशंका गरिएका प्रहरी फरार रहेका छन् ।