काठमाडौं, १५ मंसिर । गत मंसिर ४ गते भएको विवादका कारण रोकिएको बाजुरामा मतगणना साढे ३ बजेबाट सुरु हुने भएको छ ।
सर्वदलिय बैठक बसेर सहमति भएपछि गणना सुरु गर्ने स्रोतले जनाएको छ।
निर्वाचन आयोगले बुधबार बाजुराको मतगणना गर्न निर्देशन दिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले उपस्थित भएको थिएन् । आज फेरी बैठक बोलाइएको हो ।
बाजुरामा कुल मतदाता ८३ हजार ५ सय ६७ रहेका छन् । ६० हजार १ सय ५२ कुल खसेको छ ।