Logo

स्याङ्जा-२ : अर्याल भन्दा गुरुङ २४ सयले अगाडि, अव एक वडाको मत गन्न बाँकि



काठमाडौं, मंसिर १६ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पार्दै अग्रता लिइरहेका छन् ।

कांग्रेसका गुरुङले ११ हजार ९२० मत पाएका छन् भने एमालेकी अर्यालको नौ हजार ५०२ मत रहेको छ । स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्बर वडाको मत गणना भइसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ ।

यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा तर्फ अहिले सम्म २८ हजार ५६० मत गणना भएको मा एक हजार ८५ मत बदर भएको छ ।

स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो । यसैबिच प्रदेश सभा (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot