Logo

उपचारको लागि वर्षमान पुन आज चीन जाँदै



काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन जाने भएका छन् ।

उनी आज फलोअपको लागि चीन जान लागेका हुन् । पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।

यसअघि उनी लामो समय थाइल्याण्ड र चीन उपचार गराएर नेपाल फर्किएका छन् ।

यो बीचमा चुनावको धपेडीको कारण पनि उनलाई जण्डिसले सताएको पारिवारिक स्रोतले जनाएको छ ।

उनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्