Logo

प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !



काठमाडौं, मंसिर १८ । मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई-दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे ।

त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विदेशी लगानी ल्याउन अनेकौं प्रयास गरेको छ । मुलुकमा लगानीको वातावरण बनाउन विभिन्न कानुन पनि बनाइएका छन् ।

तर, यी सबैको प्रभाव उल्टो छ । मुलुकमा विदेशी लगानी आउने क्रम शून्यतातिर जादैं गरेको देखिएको छ ।

पछिल्लो दुई वर्षमा कोभिड माहामारीका कारण विदेशी लगानी आउन कम हुनु स्वाभाविकै थियो । तर, चालु वर्ष पनि यसमा कुनै चामत्कारिक सुधार भएको छैन । उल्टो विदेशी लगानीको प्रतिवद्धता र आएको रकम पनि खुम्चिदैं गएको छ । आजको कारोबार दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot