Logo

प्रदेश १ मा एमालेलाई सरकार बनाउन कति सांसद आवश्यक !



काठमाडौं, १८ मंसिर । गत मंसिर ४ गते सम्पन्न भएको प्रनिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दुवै तर्फको मतगणना सकिएको छ । प्रत्यक्ष र समानुपातिक दुवैको नतिजा पनि आइसकेको छ ।

प्रदेश १ मा प्रत्यक्ष ५६ सिटमध्ये २५ वटा सिटमा एमालेले जित हासिल गरेको छ । समानुपातिकमा पनि उसले १५ सिट जित्ने भएको छ । दुवै गरेर एमालेको मात्रै प्रदेश १ मा ४० सिट हुनेछ । अब प्रदेश १ को सरकार गठन गर्न एमालेलाई ७ सिटको आवश्यकता छ ।

प्रदेश १ समानुपातिकमा १८ लाख ९९ हजार १४४ सदर मतमध्ये एमालेले मात्र ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६ मत पाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९८ हजार ५११, नेकपा (माओवादी केन्द्र) १ लाख ८२ हजार २४५, जनता समाजवादी पार्टी नेपालले ६१ हजार ७२३, नेकपा (एकीकृत समाजवादी) ले ५५ हजार ५३१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, हाम्रो नेपाली पाटीैले २६ हजार ७१ मत पाएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेको मात्रै ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३,राप्रपाको ६, नेकपा एसको ४, जसपाको १ सिट हुने देखिएको छ ।

सरकार बनाउन आवश्यक पर्ने ४७ सिट कुनै पनि दलको नभएको कारण संविधानको धारा १६८ (१) अनुसार प्रदेश सरकार गठन हुने भएको छ ।

एमालेसहितको गठबन्धनले नै उक्त प्रदेशमा सरकार गठन गर्ने सम्भावना देखिन्छ । एमालेको ४०, राप्रपाको ६ र जसपाको १ सिट गरी सरकार बनाउन आवश्यक ४७ सिट पुग्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्