Logo

दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित



काठमाडौं, १८ मंसिर । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका छन् । प्रदेशसभामा निर्वाचित केसीले यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए ।

उनका प्रतिस्पर्धी लामा नेपाली कांग्रेस दोलखाका सभापतिले निर्वाचनको नजिता आइसकेपछि केसीलाई बधाई दिएका थिए। यसअघि २०७४ सालको चुनावमा नेकपा (माओवादी केन्द्र)का विशाल खड्कासँग लामा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot