Logo

कांग्रेसद्धारा अन्तर्घात गर्नेको विवरण माग



काठमाडौं, १८ मंसिर । गत मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेको विवरण पठाउन निर्देशन दिएको छ ।

पार्टीले पुस १५ गतेभित्र कारबाही गरेर विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेकाहरुको उजुरीलाई विधिवत निर्णय गरी जिल्ला र प्रदेश अनुसाशन समितिलाई चाँडो केन्द्रमा पठाउन आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot