Logo

गठबन्धन दायाँबायाँ हुँदैन : प्रचण्ड



काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धन कायमै रहने बताएका छन् । उनले आफ्नो पार्टी गठबन्धनबाट दायाबायाँ नहुने बताएका छन् । आजको पदाधिकारी बैठकमा दाहालले आफ्नो दलले गठबन्धन नछाड्ने बताएका हुन् ।

हिजोमात्रै माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँ सरकार गठनको लागि आफ्नो दल खुला रहेको बताएका थिए । महराको उक्त धारणा सार्वजनिक भएसँगै गठबन्धनमा आवद्ध दलहरुबीच नै हल्लीखल्ली मच्चिएको थियो । यसबारेमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डसँग चासो राखेको बुझिएको छ ।

गठबन्धनभित्रैबाट माओवादीको अबको भूमिकालाई लिएर प्रश्न उठन् थालेपछि आजको बैठकमा दाहालले गठबन्धन दायाँबायाँ नहुने भन्दै गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने धारणा राखेका हुन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा पनि दाहालले गठबन्धन यथावत रहने बताएका हुन् । उनले भने,”यो गठबन्धन कायम हुन्छ । हामी दायाँबायाँ गर्दैनौं । गठबन्धनकै सरकार बन्छ ।”



प्रतिक्रिया दिनुहोस्