Logo

‘के शहर गरिबको पनि होइन् ?’



काठमाडौं, १९ मंसिर । थापाथलीस्थित बाग्मती किनारमा बस्दै आएका सुकुम्बासीमाथि काठमाडौं महानगरपालिकाले गरेको धरपकडको विरोधमा प्रदर्शन भएको छ ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा आज सरकारविरुद्ध राजधानीमा प्रदर्शन भएको हो ।

दिगो शहर र समुदायमा समेत सुरक्षित बसोबास गर्न पाउनु मानव अधिकारभित्र पर्ने उनीहरुको भनाइ छ । उनीहरुले भुमि अभियन्तालाई समेत तर्साउने किसिमले जाहेरी दिएको भन्दै ती जाहेरी फिर्ता लिन समेत आग्रह गरेका छन् ।

उनीहरुले ‘के शहर गरिबको पनि होइन् ?’,‘उठीबासको त्रास कहिलेसम्म’, ‘उठिबासले समाधान दिँदैन’, भुमि सम्बन्धि ऐनको कानुनी आधार पुरा गर’, नागरिकको अधिकार सुनिश्चित गर’लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्