Logo

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत



काठमाडौं, मंसिर २०। काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट भाग लिएका २७३ उम्मेदवारमध्ये ३७ जनाले धरौटी रकम जोगाएका छन्।

‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुन्छ,’ निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘निर्वाचनमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रतिनिधिसभा सदस्यका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत जम्मा गरेको १० हजार रूपैयाँ र प्रदेशसभा सदस्यका उम्मेदवारले धरौटीबापत बुझाएको ५ हजार रूपैयाँ जफत गरी निर्वाचन आयोगले सरकारको सञ्चित कोषमा जम्मा गर्छ।

जमानत जफत हुने अवस्थाबाहेकका विजयी र अन्य उम्मेदवार, मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएकाको धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको मितिले ९० दिनभित्र फिर्ता लिन पाउने कानुनी व्यवस्था रहेको छ।’ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाको दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २० बमोजिम दाखिला गरेको धरौटी जफत हुन्छ।

विसं २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो। त्यस्तै विसं २०५१ सालमा ८ सय ९ जना उम्मेदवारबाट आयोगले २४ लाख २७ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो। विसं २०५६ सालमा एक हजार ५२७ जना उम्मेदवारबाट ४५ लाख ८१ हजार रूपैयाँ धरौटी रकम जफत गरिएको थियो भने विसं। २०६४ सालको निर्वाचनमा तीन हजार १ सय ५९ जना उम्मेदवारबाट ९४ लाख ७७ हजार रूपैयाँ जमानत रकम जफत गरिएको थियो। विसं २०७० सालको निर्वाचनमा पाँच हजार ३ सय ३२ जना उम्मेदवारबाट आयोगले एक करोड ५९ लाख ९६ हजार रूपैयाँ हाराहारीको रकम जफत गरेको थियो।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार वम, नेकपा एमालेका किरण पौडेल र नेपाल सुशासन पार्टीका रमेश खरेलबाहेकका २६ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने, डम्वर शाहु, सुरेन्द्रप्रसाद ढकाल, रिषम भट्टराई, हरिशरण श्रेष्ठ, संगीता बोगटी, शंकर बन्जाडे, प्रकाश नायजु, हरेन्द्र चौधरी, प्रकाश श्रेष्ठ, शान्तिदेवी केसी, मन्जु राना मगर, इन्द्रबहादुर थापा, मान हादुर राई, हरिकुमार घले, मनिता (लिगल) श्रेष्ठ, गोमा खतिवडा अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, दुर्गा प्रसाद लिम्बु, कुलबहादुर तामाङ, निर्जल शाह, मीरा विष्ट, देव शर्मा, संगीता राजबाहक र सीता तामाङ केसीको जमानत जफत भएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, नेकपा एमालेका मणिराम फुयाल, राप्रपाकी कुन्तीदेवी पोखरेल र माओवादी केन्द्रकी ओनसरी घर्तीबाहेकका २८ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाई, कोषराज सुवेदी, अनुप बोहरा, अनिल श्रेष्ठ, काशिराज पुडासैनी, धनेज थापा, गणेशप्रसाद पुडासैनी, कृष्णराम पुरी, प्रकाश अधिकारी, गोपालबहादुर टन्दुकार, राममणि नेपाल, बिजेन्द्र बस्नेत, लक्ष्मण पोखरेल, बलराम चौलागाई, हेमविक्रम सिलवाल, ईश्वर गौतम, मधुसुदन पुडासैनी, महेश बास्तोला, सिता तामाङ, चिरिन्जिवी राई, विनोद प्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खडका, प्रकाश अधिकारी, विदुरप्रसाद सिंखडा र कृष्ण अधिकारीले जमानत जफत भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्