काठमाडौं, २० मसिर । प्युठानमा बिबाह भोज खाएका ३५ जना बिरामी परेका छन् ।
पाल्पाको एक बिहे भोजमा प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका हुन् ।
शुक्रबार जन्ती गएर घर फर्किएकाहरुमा एकै प्रकारको लक्षण देखिएको छ ।
बिरामी भएकाहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएको हो । चारओटा एम्बुलेन्समा प्युठान अस्पताल पठाइएको हो ।