Logo

महाकाली नदीमा बन्दै गरेको संरचना निर्माण रोक्न भारत तयार



काठमाडौं, २० मंसिर । महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ । नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काम अहिलेलाई रोकिएको हो । दुवै देशका अधिकारीहरुको छलफलपछि हाललाई संरचना निर्माण कार्य रोकिएको हो ।

दुई देशबीच संयन्त्र बनाएरै काम अघि बढाउने सहमति भएको बताइएको छ। महाकालीको धार परिवर्तन हुने गरी भारतले नदीमा संरचना बनाएपछि नेपाली पक्षले विरोध गरेको थिए । ढुंगामुढाको क्रममा ४ जना बालक पनि घाइते भएका थिए भने स्थानीयले झोलुंगे पुलको गेटमा तालाबन्दी गरेर आवातजावत बन्द गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot