Logo

जलेको अवस्थामा भेटिएकी पुष्पालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै ४ जनाविरुद्ध जाहेरी



काठमाडौं, २० मंसिर । जलेर मृत्यु भएको अवस्थामा भेटिएकी काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुमकी सञ्चालक पुष्पा न्यौपानेको परिवारले ४ जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

विवाहका लागि गत भदौमा २९ वर्षीय सुधन संग्रौलासँग न्यौपानेको इन्गेजमेन्ट भएको परिवारले बताएको छ ।

इन्गेजमेन्ट टुटेपछि विरक्तिएकी पुष्पाको मृत्यु शंकास्पद भएको भन्दै परिवारले ४ जना विरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा किटानी जाहेरी दिएको हो ।

प्रहरीका अनुसार पुष्पाले केटाको घरको गेटअगाडी पेट्रोल खन्याएर आगो लगाएर आत्महत्या गरेकी थिइन् । केटा पक्षले बचाउनुको सट्टा आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको आरोप छ ।

उनलाई उद्दार गरेर किर्तिपुरस्थित बर्न सेन्टरमा पुर्याइएकोमा सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको हो । पुष्पाका परिवारले सुधन संग्रौला,  मधु संग्रौला,  दिनेश संग्रौला, बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको हो ।

उनीहरुबीच २०७८ को माघ महिनामा परिचय भएपछि विस्तारै प्रेम सम्बन्धमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्