Logo

बाराको सिम्रौनगढमा तनाव



काठमाडौं, २० मंसिर । बाराको सिम्रौनगढमा दुई पक्षबीच झडप भएको छ । रासायनिक मलको विषयमा विवाद हुँदा झडप भएको हो ।

वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवाद बढ्दै गएपछि झडप भएको प्रहरीले जनाएको छ ।

वडा कार्यालयले मल वितरणको लागि मंसिर १५ गतेदेखि १८ गतेसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरे अनुसार केही किसानहरु अपरान्ह मलका लागि आवदेन दिन पुगेका थिए ।

उनीहरु ४ बजे पुग्दा वडा कार्यालय बन्द भएकोले कार्यालयमा ताला लगाएका थिए सोही ताला खोल्ने क्रममा झडप भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot