२१ मंसिर, सोलुखम्बु । नेचासल्यान गापा वडा नम्बर २ का ८० बर्षिय तिलकध्वज राईले छिमेकीले जग्गाको सा“ध सिमाना मिचेको उजूरी गत भाद्र २० गते न्यायीक समितिमा दर्ता गराए । वडा नम्बर १ को टुहुरेमा बस्दै आएका बृद्ध राईले ‘छिमेकीले बारिमा लगाएको अन्नबालिमा पशु चौपाया छोड्दिने, रुख विरुवा काटेर लगिदिने गरेकोले निजहरुलाई कार्बाही गरि आफुलाई न्याय दिनु हुन’ भनि उजुरी दर्ता गरे ।
उनले आधा दर्जन छिमेकीलाई प्रतिवादि बनाई उजुरी दर्ता गरेका थिए । विगतको अभ्यासमा यस्ता उजुरीमा बादि प्रतिवादि दुवैलाई पालिका झिकाई न्यायकि समितिमा दर्जनौ पटक कचहरी गराईन्थ्यो । यो पटक त्यस्तो भएन । पालिका उपाध्यक्ष तथा न्यायकि समिति संयोजक विना राई दुई वटै वडाका वडा अध्यक्ष लिएर उजुरकर्ताको घरमै पुगिन । अनि त्यहँ“ दुवै पक्ष डाकेर वडा नम्बर १ को विकट गाउ“ टुहुरे मै छलफल गराईन् । अनि दिनभरिको छलफलबाट मुद्दाको किनारा लगाईन् । छिमेकीहरुले आंशिक गल्ति स्विकारे र आईन्दा उनको सा“ध सिमाना भित्र हानी नोक्सानी नगर्ने प्रतिबद्धता ब्यक्त गरे । दुवै पक्ष विचमा दोहोरो कागज गरेर टोलमै पहिलो पटक मुद्दाको किनारा लाग्यो । ८० बर्षीय तिलकध्वज राईले भने, ‘घरमै न्यायधिस आएर फैसला गरिदिनुभयो, हामी गरिब र बृद्धहरुले पनि न्याय पाउने रहेछौ“’ ।
नेचा सल्यान ३ का खिलनाथ भट्टराईले पनि ४ महिना अघि सडक उपभोक्ता समितिले बाटे खन्दा आफ्नो जग्गा मिचेको भन्दै मिचेको जग्गा उकासिदिन माग दावि सहित न्यायकि समितिमा उजुरी दिए । उनले उपभोक्ता समितिका अध्यक्ष राजन भट्टराईलाई प्रतिबादि बनाई न्यायको अपिल गरेका थिए । यो मुद्दामा पनि पालिकाको न्यायकि ईजलासमा दुवै पक्षलाई झिकाएर छलफल गराउने काम भएन । पालिका उपाध्यक्ष राई न्यायकि समितिको टोलीनै लिएर सम्बन्धित ठाउ“मा पुगिन । त्यही टोलमै दुईपक्षलाई झिकाएर छलफल चलाईन । अन्त्यमा बाटो खन्दा निवेदकको जग्गा मिचिएको ठहर गर्दै मन्जुर बेगर उनको जग्गामा बाटो खन्न नपाउने र बाटो खनिएको जग्गा उकासेर जग्गा धनिले नै उपभोग गर्ने गरि फैसला गरियो ।
नेचासल्यान गापा वडा नम्बर ४ की डम्मर कुमारी बा“स्तोलाले आफ्नो श्रीमानले सौता ल्याएको र आफुलाई ललाई फकाई कमाईको आधा सम्पत्ति र पेन्सन समेत आधा दिन्छु भनेर गरेको सहमति कार्यान्वयन नभएको भन्दै श्रीमान्ले गरेको वाचा अनुसार न्याय पाउनु पर्ने माग सहित यही कात्तिक २९ गते न्यायिक समितिमा उजुरी दिईन् । उनकै नाता पर्ने मान्छेलाई सौता भित्र्याए पछि उनलाई छुट्याएर मात्रै राखिएन, घर चलाउन समेत निकै हम्मे परो । उनको उजुरीको आधारमा साक्षि प्रमाण संकलनको काम उनकै टोलमा गएर गरियो । अन्त्यमा उनका श्रीमान शिव प्रसाद बा“स्तोलालाई कमाईको आधा रकम दिलाउने गरि फैसला गरि दुवै पक्ष सहमतिमा आए । समस्या समाधान भयो ।
यो आर्थिक बर्षको अहिलेसम्मको अवधिमा मात्रै न्यायिक समितिले ५ वटा मुद्दा टोल टोलमै पुगेर किनारा लगाउने गरेको छ । ‘मैले न्यायिक समितिको ईजलासमै बोलाउने र जनतालाई दुख दिने परिपाटिको अन्त्यहोस भनेर टोल टोलमै पुगेर न्यायिक निरुपण गर्ने अभियान थालेकी छु’ पालिका उपाध्यक्ष राईले भनिन्, ‘मैले चुनावमा भोट माग्दै गर्दा सेवा प्रवाहमा सहजता र डेलिभरि गभरमेण्टको मुद्दा उठाएको थिए, आज त्यही बाचा पुरा गर्न मेरो जिम्मेवारीमा रहेका कामहरु जनताको घरघरमै पुगेर गरिरहेकी छु ।’ उनी थप्छिन, ‘एउटै मुद्दामा पक्ष र विपक्ष गरि २० जना भन्दा बढी ब्यक्ति पालिका झिकाउनु पर्छ, आखिर दुख पाउने त हाम्रै जनताले हो नि, २० औं ले दुख पाउनु भन्दा म आफैं वहा“हरुको घरमा जान्छु ।’ १ दशक लामो पत्रकारिता र दुई विषयमा स्नातकोत्तर गरेर राजनितिमा होमिएकी उपाध्यक्ष राईले जनप्रतिनिधिहरुको कार्यशैली र सोचमा परिवर्तन आउनु पर्ने धारणा राख्छिन् । अनि भन्छिन्, ‘हामी युवाहरु जनताको सेवकको रुपमा चुनिएका हौ“, शासकको रुपमा घुम्ने कुर्सीमा मात्रै बस्ने होईन, जनताको घरघरमा गएर सेवा दिने हो ।’
नेचा सल्यान गाउंपालिकामा चालु आ.व.को ५ महिनामा २० वटा उजुरी न्यायकि समितिमा परेका छन् । त्यस मध्ये १२ वटा उजुरीको न्यायीक निरुपण भईसेकेको र बा“की प्रकृयामा रहेको पालिकाले जनाएको छ ।
फोटो :– ८० बर्षिय बृद्धले दिएको उजुरीको समाधानका लागि उनकै घरमा गएर दुवै पक्षलाई छलफल गराउ“दै पालिका उपाध्यक्ष विना राई ।