Logo

प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने भएपछि मूल गेटमा नेपाल बार एशोसिएसनको धर्ना, को-को सहभागी ?



काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरु मूल गेटमा धर्नामा बसेका छन् । बारको पदाधिकारीको बैठक बसेर गरेको निर्णयअनुसार नै उनीहरु धर्नामा बसेका हुन् ।

धर्नामा अहिले बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत सहभागी छन् । जबरा भने अहिले केहीबेरमा अदालत जाने तयारीमा छन् ।

आफूलाई संसद् सचिवालयबाट महाभियोग निष्प्रभावी भएको पत्र आएकोले कानूनसम्मत् रुपमा अदालत जाने उनको भनाई थियो । तर, बारले भने संसद् सचिवालयलाई महाभियोगको विषयमा निष्प्रभावी भयो भनेर भन्ने अधिकार नै नभएको निश्कर्ष निकालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot