
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवास बाहिर तैनाथ सुरक्षाकर्मी फर्किएका छन् ।
सुरक्षाकर्मी फर्किएसँगै राणालाई सरकारले निवासबाट नरोक्ने हो की भन्ने अनुमान लगाइएको छ ।
केही समय अघि राणाको निवास बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो । राणा निवासबाट फर्कनु आदेश आएसँगै सुरक्षाकर्मीहरु फर्किएको जनाइएको छ।
प्रधानन्यायाधीश जबराले संसद् सचिवालयबाट संविधानसम्मत निर्णय भएकोले आफू अदालत पुगेर हाजिर गर्ने बताएका छन् । जबरा अदालत जाने तयारी गरेसँगै सर्वोच्च अदालतको मूल गेटमा नेपाल बार एशोसिएशनले धर्ना दिएको छ ।
ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ । अदालतभित्र प्रवेश गर्नै सवारीहरुमाथि कडा चेकजाँच गर्ने गरिएको छ । तर, जबराले भने आफू केहीबेरमा अदालत पुग्ने बताए । उनले भने,‘संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएको छ ।
।