Logo

अधिकार नभएका तालिम केन्द्रले प्रदान गर्ने समकक्षता खारेज



काठमाडौं, २२ मंसिर । शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरुबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज भएको छ ।

त्रिभुवन विश्वविद्याल पाठ्यक्रम विकास केन्द्रको मान्यता तथा समकक्षता निर्धारण समितिको बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै फिलिपिन्स लगायतका विभिन्न देशमा शैक्षिक उपाधि प्रदान गर्दै आएका तर अधिकार नभएकालाई खारेज गर्ने र नयाँलाई समेत मान्यता नदिने भएको हो ।



प्रतिक्रिया दिनुहोस्