Logo

वर्षमान पुनको उपचार सुरु



काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ । उपचारको लागि चीन पुगेका पुन जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । उपचारको लागि उनी चुनाव सकिएलगत्तै चीन जान लागेका थिए ।

अलिक ढिला गरी भएपनि उनी मंसिर १६ गते चीन पुगेका थिए । उनले यसअघि नै उपचार गरेको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा नै आफ्नो उपचार सुरु गरेका छन् । पुनको सचिवालयले जनाएअनुसार उनको उपचार क्वारेन्टिनमा सुरु भएको छ । चीनमा अहिले कोभिडको चौथो लहर चलेकोले क्वारेन्टिनमा उपचार भएको हो । file photo

 

 



प्रतिक्रिया दिनुहोस्