Logo

रास्वपाको समानुपातिक सांसद चयनमा चलखेल गरेको आरोप, कार्यालयअघि कार्यकर्ताको प्रदर्शन



काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसद चयनमा बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गएर निर्णय हुन लागेको भन्दै कार्यकर्ताहरुले खरबदारी गरेका छन् ।

समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्र.स.भन्दा बाहिर गएर निर्णय गर्न लागेको भन्दै कार्यकर्ताले खबरदारी गरेका हुन् ।

सुनसरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित भएका लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीलाई सहि बाटो हिडाउन पर्नेभन्दै पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’मा मा खबरदारी कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका थिए ।

यस्ता निर्णयले आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई भएको थापाको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot