Logo

आमिर खानको नयाँ लुक्स



एजेन्सी, २२ मंसिर । बुधबार मुम्बईमा काजोलको आगामी फिल्म सलाम भेन्कीको विशेष स्क्रिनिङ आयोजना गरिएको थियो । जसमा मिस्टर परफेक्शनिस्ट आमिर खान पनि पुगेका थिए ।

यसै क्रममा एउटा भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा आमिर खानको ग्रे लुकले सबैको ध्यान खिचेको छ । स्क्रिनिङको लागि, आमिरले सेतो हेयरस्टाइल र डेनिम ज्याकेट र कालो टी–शर्टसँग मिल्दो प्यान्ट लगाएका थिए। जसलाई हेरेपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताले आफ्नो चर्को प्रतिक्रिया दिइरहेका छन् । कतिपयले उनको लुकलाई मन पराए भने कतिपय प्रयोगकर्ताले उनको लुकको खिल्ली उडाएका छन् । रेवती निर्देशित यो फिल्ममा आमिरले केमियो रोल निभाएका छन् ।

‘सलाम भेन्की’ रेवतीले निर्देशन गरेका हुन् भने फिल्ममा काजोल र विशाल जेठवाले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा विशालले काजोलको बिरामी छोराको भूमिका निर्वाह गर्नेछन् । सलाम भेन्की युवा चेस खेलाडी कोलाभेनु वेंकटेशको सत्य कथाबाट प्रेरित छन् जसलाई डुचेन मस्कुलर डिस्ट्रोफी (डीएमडी) पत्ता लागेको थियो र २००४ मा मृत्यु भयो। फिल्म ९ डिसेम्बर २०२२ मा थिएटरहरूमा रिलिज हुँदैछ।



प्रतिक्रिया दिनुहोस्