Logo

एनसेलको सेवामा समस्या, चाँडै सेवा सुचारु गर्ने प्रयास



काठमाडौं, २२ मंसिर । एनसेल आजियाटा लिमिटेडको सडक विस्तारका क्रममा केही स्थानमा सेवामा समस्या आएको छ ।

बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।

बिहीबार विहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको सेवा चाँडै सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्