Logo

एमालेले सचिवालय बैठक शुक्रबार बोलायो



काठमाडौं, २२ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौट गर्न सचिवालय बैठक बोलाएको छ ।

निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक सासदको निर्णय गर्न लागेको हो ।

पाएको मतको आधारमा समानुपातिकतर्फ एमालेका ३४ सांसद निर्वाचित हुनेछन् ।

आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरु मध्येबाट क्लस्टर मिलाएर नाम पठाउन दलहरुलाई निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot