Logo

भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह



काठमाडौं, २२ मंसिर । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले राज्यबाट सञ्चालित लिमिटेडले ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित रहेको टिप्पणी गरेको छ।

राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्ना माग पुरा नगरे महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष रामहिरा पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ,‘गत २०७५ साउन १ गतेबाट लागु गरी असुलउपर गर्ने भन्ने निर्णय राज्य सञ्चालनको मूलभूत सिद्धान्त र नियमावली विपरित छ ।’

आफूहरुले गरेको आग्रहलाई वेवास्ता गरेमा पहिलो चरणमा यहि मंसिर २५ गते देखि भाडावृद्धि फिर्ता गर्न माग सहितको कालो व्यानर तथा कालो झण्डा प्रदर्शन गर्ने, लिमिटेडलाई भाडा, शुल्क आदि रकम भुक्तानी नगर्ने र महाप्रवन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा सांकेतिक रुपमा एक दिने तालाबन्दी गर्ने जनाएको छ ।

सरकारले निर्णय तत्काल फिर्ता लिई नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघलाई वार्तामा बोलाई सहमतिको निर्णय कार्यान्वयन गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot