Logo

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारियो



काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जबराविरुद्ध महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै उनी बुधबार सर्वोच्च फर्किन लागेका थिए । सोही कारण आज पनि सर्वोच्च परिसरमा सुरक्षा मजबुद पारिएको हो । बुधबार दिनभर सर्वाेच्चमा जबरालाई प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरु आन्दोलित भएका थिए ।

सर्वोच्च परिसरमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । भित्र अनधिकृत व्यक्ति प्रवेश नगरून् भनेर पनि चेकजाँच कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot