Logo

मेलम्ची खानेपानीको बितरणको पुन: शुभारम्भ



काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा फेरी मेलम्चीको पानी आइपुगको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीको पुनः वितरण शुभारम्भ गरेका हुन् । मेलम्चीको पानी उपत्यकामा तेस्रोपटक पुनः वितरण भएको हो ।

गत असार १७ गतेदेखि पानी वितरण बन्द रहेको थियो । यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी ल्याइएको थियो । मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो ।

सुरुङबाट प्रतिसेकेन्ड करिब पाँच सय लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ । उपत्यकामा क्रमशः दैनिक १७ करोड लिटर पानी वितरण गरिनेछ । काठमाडौँ उपत्यका खानेपानी आयोजनाअन्तर्गतका विभिन्न स्रोतबाट सङ्कलित १० करोड लिटर पानी पनि वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot