काठमाडौं, २३ मंसिर । एलिजा फाउण्डेशनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा योगदान पुर्याउने भएको छ । फाउण्डेशनकी अध्यक्ष एलिजा गौतमले छिट्टै उक्त तीन क्षेत्रमा योगदान गर्ने घोषणा गरेकी हुन् । पूर्वी नेपालको भ्रमणमा रहेकी गौतमले आज/भोलि नै शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही योगदान गर्ने जानकारी दिएकी हुन् । यसअघि फाउण्डेशनले बाढि÷पहिरो पीडित तथा अति विपन्न परिवारलाई खाद्यान्न तथा कपडा सहयोग गरिसकेको छ । फाउण्डेशनले तेह«थुममा भारतीय दूतावासमार्फत प्राप्त भएको एम्बुलेन्स पनि प्रदान गरिसकेको छ ।
उनले फेशबुकमा लेखेकी छिन्-
सम्पूर्ण महानुभावहरुमा नमस्कार,???
एलिजा फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको यहाँहरुलाई अवगत नै छ । हामी फाउण्डेशनमार्फत समाजसँग निरन्तर जोडिन चाहन्छौं । यसै सिलसिलामा हामी पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमणमा हुनेछौं । सो क्रममा हामीले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र रोजगारीको क्षेत्रमा के कस्तो योगदान गर्न सक्छौं भन्ने विषयमा पनि अन्तरक्रिया एवम् विमर्श गर्नेछौं ।
हामी निकट भविष्यमा नै यी क्षेत्रमा आफ्नो तर्फबाट सकेको योगदान पुर्याउने विश्वास दिलाउँछौं । पारिवारिक कामको सिलसिलामा क्यानडाबाट नेपाल आउनुभएको फाउण्डेशनको संरक्षकसमेत रहनुभएको मेरो आमा गीता भेटुवाल पनि हामीसँगै यो यात्रामा सहभागी हुनुहुन्छ । उहाँको सल्लाह, सुझाव, मार्गदर्शन र आर्शिवादलाई शिरोधार्य गर्दै म समाजसेवामा निरन्तर सक्रिय रहँदै आएको छु । तेह्रथुम बसाईको क्रममा फाउण्डेशनको तर्फबाट हामी केही घोषणा गर्ने प्रण पनि गर्दछौं । सबैमा धेरै-धेरै धन्यवाद ।
एलिजा गौतम
अध्यक्ष, एलिजा गौतम फाउण्डेशन