Logo

बैंक अफ काठमाण्डू लिमिटेडले चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने



काठमाडौं, २३ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

आफ्नो २८औं वार्षिक साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको जनाईएको छ ।

साथै, विशेष प्रस्तावहरु अन्र्तगत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १ः१ मा रहि मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot