Logo

श्रद्धाका बुबाले भने–मेरी छोरीलाई जे भयो त्यो कसैलाई नहोस्



एजेन्सी, २३ मंसिर । श्रद्धा वाल्करका बुबा विकास वाल्करले पत्रकार सम्मेलन अघि महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई भेटेका थिए।

श्रद्धा वाल्करका पिता विकास वाल्कर शुक्रबार पहिलो पटक मिडियासामु देखा परेका छन् । उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ, तर वसई, तुलिञ्ज थानाका प्रहरीले यो विषयलाई पहिले नै गम्भीरतापूर्वक लिएको भए सायद मेरी छोरीको ज्यान बच्न सक्थ्यो ।’

विकासले भने,‘म चाहन्नँ कि मेरी छोरीलाई जे भयो त्यो अरु कसैलाई नहोस् । म मेरी छोरीको लागि न्याय चाहन्छु, त्यसैले उनको हत्यारा अफताबलाई फाँसी दिनुपर्छ। मैले मेरी छोरीसँग कुरा गर्ने प्रयास गरें, तर पछिल्ला दुई वर्षमा उनले मलाई जवाफ दिएनन्। मेरी छोरीसँग के भइरहेको थियो मलाई कहिल्यै भनिएन।’

उनले अन्तिम पटक श्रद्धासँग २०२१ मा कुरा गरेको बताए । उनले आफू बैंगलोरमा बस्ने बताइन् । मैले २६ सेप्टेम्बरमा अफताबसँग कुरा गरेँ र छोरीको बारेमा सोधेँ, उनले जवाफ दिएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot