Logo

कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, मंसिर २४ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज बिहान प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार राति भने देशभर मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot