काठमाडौं, मंसिर २४ । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले देशलाई विकाशको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको बताएका छन् ।
राजधानीमा आयोजना गरियको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सिहंले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई आफुले नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने बताए ।
अहिले पनि मुलुक जटिल राजनैतिक मोडमा रहेको भन्दै राजनैतिक स्थाइत्व प्रदान गर्नु पहिलो चुनौति रहेको उनको भनाई छ ।
यस्तो जटिल समयमा पनि जनताले आफुलाई विश्वाश गरेको प्रति आफु गम्भिर रहेकोले अबका दिनमा नागरिकको खबरदारी संगै अगाडि बड्ने उनको भनाई छ ।
उनले आफ्नो विगतको संसदिय कार्यकालमा, आफ्नो क्षेत्र काठमाण्डौ–१ को विकाशमा उल्लेख्य योगदान गरेको दाबी समेत गरे । त्यस्तै, काठमाण्डौ क्षेत्र नं–१ देशकै मुटु भएकोले सधै परिर्वतन शिल नागरिकका आवश्यकता र चाहनाको सवालमा नागरिकले सधै जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने उनको भनाई छ ।