Logo

अध्यक्ष अन्सारीले समानुपातिकतर्फ बन्दसुचीबाट आफ्नो नाम हटाएर श्रीमतीको नाम राखेकोमा उम्मेदवार साहको आपत्ति, आयोगसमक्ष यस्तो आग्रह (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट मधेश प्रदेशका समानुपातिकतर्फका मधेशी उम्मेदवार कमलेश्वर प्रसाद साहले वन्दसुची अनुसार मधेशी कोटाअन्तर्गत उम्मेदवार कायम गर्न माग गरेका छन् । पार्टी अध्यक्ष मुहमद रिजवान अन्सारीले बन्दसुचीअनुसार आफ्नो नाम कायम नगरेर श्रीमतीको नाम सिफारिश गरेको भन्दै साहले आपत्ति जनाएका हुन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साहले आयोगसमक्ष आफ्नो उम्मेदवारी कायम गर्न माग राखेका छन् । उनले भने,‘संघीय समाजवादी पार्टीबाट मधेश प्रदेशसभामा एक सिट समानुपातिकतर्फ प्राप्त भएको छ । सो १ सिटको लागि मधेश प्रदेशको लागि पहिला मधेशी उम्मेदवारले प्राप्त गर्ने र पछि अर्को समूदायले पाउने भन्ने पार्टीको नीति, नियम समेत रहेको अवस्थामा पार्टीले पेश गरेको बन्द सुचिका आधारमा मेरो नाम सिफारिश भएको थियो ।’

उनले पार्टी अध्यक्ष अन्सारीले गलत मनसाय राखी नियमविपरित आफ्नै श्रीमती विमला अन्सारी (मुस्लिम) को नाम समानुपातिक उम्मेदवारमा सिफारिश गरेको भन्दै विपत्ति जनाए । उनले यसबारेमा आयोगसमक्ष निवेदनपनि दिएको सुनाए । उनले भने,‘मेरो उम्मेदवारी कायम राख्नुपर्छ । अध्यक्षबाट भएको उक्त गैरकानूनी कार्यलार्य तत्काल रद्द तथा वदर गरी पार्टीको तर्फबाट मधेश प्रदेशमा समानुपातिकतर्फ मेरो नाम काम हुनेगरि निर्णय गर्न माग गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot