Logo

यी हुन एमालेका ३४ समानुपातिकतर्फका सांसद (सूचिसहित)



काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको नाम टुँगो लगाएको छ । आज (शनिबार) पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनै समानुपातिकतर्फका सांसदको नाम टुँगो लगाएको हो ।

आदिवासी जनजातितर्फ पुरुषबाट देवीप्रसाद भट्ट चन्द, हेमराज राई र कालुराम राई छन् । त्यस्तै, आदिवासी जनजातिकै महिलातर्फ नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ,
उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा चयन भएका छन् ।

त्यस्तै, खस आर्यतर्फ पुरुषबाट रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही चयन भएका छन् । खस आर्यतर्फ महिलाबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल,
शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा र सुनिता बराल चयन भएका छन् ।

थारु महिलाबाट आश्मा कुमारी चैधरी र शान्ति चौधरी चयन भएका छन् ।

दलिततर्फ पुरुषबाट इश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान र चन्द्रबहादुर विश्वकर्मा चयन भएका छन् । दलतिर्फ महिलाबाट भने रुकमणी राणा बराइली, हर्कमाया विश्वकर्मा चयन भएका छन् ।

मधेसीतर्फ पुरुषबाठ गंगा प्रसाद यादव र अमृतराज राजवंशी चयन भएका छन्। मधेशीतर्फ महिलाबाट विना देवि, अमृतादेवि अग्रहरी र प्रतिक्षा तिवारी मुखिया चयन भएका छन् । मुस्लिमबाट सराज अहमद फारखी चयन भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्