काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फको १४ जनाको नाम टुँगो लगाएको छ । आज बसेको पदाधिकारी बैठकले १४ जनाको नाम टुँगो लगाएर निर्वाचन आयोगमा बुझाएको छ ।
आदिवासी महिलातर्फबाट दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ चयन भएका छन् ।
यस्तै, खस आर्यबाट हितराज पाण्डे चयन भएका छन् ।
महिलाबाट ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा र रुपासोसी चौधरी (थारु) चयन भएका छ्न ।
दलितबाट रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी चयन भएका छन् ।
मधेशीबाट मिना यादव र उमरावती देवी यादव चयन भएका छन् ।
पिछडिएको क्षेत्रबाट कल्पना मियाँ चयन भएका छन् ।