काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
यस्तै पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह (रौतहट) रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गङ्गा चौधरी (दाङ) र टेकबहादुर बलम्पाखी (महोत्तरी) लाई पनि केन्द्रीय सदस्यबाट निष्काशन गरिएको उनले जनाए।
पार्टीका केन्द्रीय सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुवेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी शाह तथा पार्टीको समानुपातिक सूचीमा भएर पार्टीविरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको गुरुङले जानकारी दिए।