Logo

सिंहदरबारका पुराना सवारीसाधन लिलाम गर्न परिपत्र



काठमाडौं, मंसिर २५ । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।

मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बसेको समितिको बैठकपछि निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायलाई परिपत्र गरिएको हो ।

‘सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारीसाधनको उचित व्यवस्थापनका लागि तत् तत् निकायले कानुनबमोजिम लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन छ’, समितिको परिपत्रमा भनिएको छ ।

त्यस्तै, सिंहदरबारबाट परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कार्यका लागि सम्बन्धित निकायलाई पहल गर्न पनि निर्देशन दिइएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot