Logo

जस्तापाताले हराउँदै परम्परागत घरको शैली



जुम्ला, मंसिर २५। जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ । जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो ।

मल्लकालमा बनेका घरको माटाको छतले दर्जनौं घर सँगै जोडिएको देखिन्थ्यो तर पुराना घरहरू अहिले हराउँदै गएका छन् । पछिल्लो समय यहाँका बुढापाकाले परम्परागत घरको शैली हराएसँगै आफूहरूको संस्कृति हराएको बताएका छन् ।

हिमाली जिल्लामा हिउँदमा बस्नका लागि न्यानो हुने माटाका घर चाहिन्छ तर त्यस्ता घरको शैली हराएको बताउँछन् पातारासी–१ स्याला गडिगाउँका सिंह ऐडी । उनका अनुसार जुम्लामा बनाइने परम्परागत घरको छुट्टै विषेशता छन् । पुराना शैलीका माटोका छत भएका घर ११ देखि २० घरसम्म सँगै हुने र उनीहरूले आफ्नो भाषामा गाउँलाई वाडा भनेर चिन्ने वा चिनाउने गर्थे ।

उनले भने आफ्नो वडालाई स्याला वडा भनेर चिनिन्थ्यो । बुढा पुस्ताहरूका अनुसार पुराना घर भूकम्पबाट बच्न र कुनै ठूलो सभा समारोह तथा भोजभतेर गर्नका लागि सहज हुने गथ्र्यो ।

पछिल्लो समयमा पुराना घरहरू हराउन थालेपछि मौलिक संस्कृति हराउँदै जान थालेको उनीहरूको गुनासो छ । अर्का हरि ऐडी हाम्रो धार्मिक परम्परा बचाउन चुनौती देखिएको बताउँछन् । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot