काठमाडौं, मंसिर २५ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज साधारणसभा गर्दै छ। राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना हुने साधारण सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट १६.५१ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १६ रुपैयाँ ५१ पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।