Logo

पर्यटन प्रवर्द्धन गर्न पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भोटेकोशीमा र्‍याफ्टिङ गरेपछि..



काठमाडौं, २५ मंसिर । मंसिर महिनाको मौसममा भोटेकोशी नदीमा चिसो पानीमा बगिरहेको छ । जल पर्यटन र साहसिक पर्यटनभित्र पर्ने र्‍याफ्टिङका लागि भोटेकोशी उपयुक्त नदीमा पर्छ । बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लास्थित सुकुटेमा पुगेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गर्न र्‍याफ्टिङ चलाएका छन् ।

बागमती प्रदेशको पर्यटन सचिव मदन कोइरालालाई साथमा लिएर भोटेकोशी पुगेका पर्यटन मन्त्री श्रेष्ठले भोटेकोशी र्‍याफ्टिङका लागि सुरक्षित र उपयुक्त रहेको सन्देश दिएका छन् ।

र्‍याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारी र महासचिव नारायणकाजी श्रेष्ठको आग्रहमा सुकेटे पुगेर पर्यटनमन्त्री श्रेष्ठले भोटेकोशी नदीमा र्‍याफ्टिङ चढेका हुन् । र्‍याफ्टिङको मज्जा र अनुभव लिँदै जल पर्यटनका क्षेत्रको विकास र विस्तारमा आफूले विशेष भूमिका खेल्ने पर्यटनमन्त्री श्रेष्ठले बताए । र्‍याफ्टिङ गर्न नेपालमा विदेशी पर्यटन भित्र्याउने काममा आफू सक्रिय भएर लाग्ने उनको भनाइ छ ।

र्‍याफ्टिङ मार्फत पर्यटन प्रवर्द्धन गर्न आवश्यक थप पूर्वाधार निर्माण र विस्तारका लागि आवश्यक कदम चाल्ने पर्यटनमन्त्री श्रेष्ठले धारणा राखे । स्वास्थ्य पर्यटन, खेल पर्यटन, ट्रेकिङ, पर्वतारोहण जस्तै साहसिक पर्यटनमा जल पर्यटन पनि नेपालका लागि उच्च सम्भावना बाँकेको क्षेत्र रहेको उनले औँल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot