काठमाडौं, २६ मंसिर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जेलमा रहेका आफ्ना पति रेशम चौधरीसँग भेटवार्ता गरेकी छिन् । सरकारले रेशम चौधरीलगायतलाई आममाफी दिन मिल्नेगरी अध्यादेश ल्याएको छ ।
उक्त अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भए रेशम आज/भोलि नै रिहा हुनेछन् । कतिपय नेता तथा कार्यकर्ताहरु त फूलमाला लिएर नै जेल परिसरमा पुगेका थिए । तर, रेशम पत्नी रञ्जिताले भने पतिसँग जेलभित्र पुगेर भेटेर निस्किएकी छिन् । सो दलले रेशमलाई राज्यले फसाएको भन्दै तत्काल रिहाईको माग गर्दै आएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम